विश्वराज श्रेष्ठ
प्रधानाध्यापक
जयमनि बुढा
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
धन बहादुर बुढा
शिक्षक अभिभावक सघ अध्यक्ष
नरि बुढा
सुचना अधिकारी
सिंजा गा पा वडा ४ अवस्थित श्री शारदा आधारभुत विद्यालय जिल्लाको श्री सदरमुकाम वाट ५५ कि.मी., हिमा गापा देखि ५ किलो मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०३४ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउका समाजसेवी श्री रातो बुढा र मोती राम बुढाले ९३५ वर्ग मिटर जग्गा विद्यालयलाइ उपलब्ध गराउनु भएको थियो । विद्यालय कक्षा ८ सम्म संचालनमा छ । साविकक को नारेकोट गा.वि.स.को वडा नंं ४ मा रहेका यो विद्यालय हाल सिंजा गाँउपालिका ४मा रहेको छ । यस विद्यालयको नाम कालीमाटी प्रा.वि. रहेको मा २०३८ मा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको निर्णयबाट विद्यालयको नाम परिवर्तन गरि श्री शारदा आधारभुत विद्यालय रहेको पाइन्छ । यस विद्यालयको सेवा क्षेत्र सिंजा गापा ४ को १८० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी २०४ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ४ वटा भवनका २२ वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई कच्ची सडक र गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
विद्यालयको नाम : श्री शारदा आधारभुत विध्यालय
स्थापना : २०३४ साल
स्थापना गर्ने ब्यक्ति : रातो बुढा,मोतीराम बुडा
ठेगाना : सिंजा गाँउपालीका ४ बाओ गाडापानी जुम्ला
विद्यालयको क्षेत्रफल : ५रोपनी
विद्यालयले समेटेका वडा समुदाय : सिंजा गा पा ४ बाओ गाडापानी
विद्यालयले समेटेका घरधुरी : 170
विद्यार्थी संख्या : जम्माः २०४(छात्रः१०४ छात्र ः१००)
शिक्षक संख्या : जम्माः ११जना – ः७ जना शिक्षक ः ४ जना शिक्षिका)
चर्पी संख्या : २ वटा १ प्रयोग नभएको
भवन संख्या कोठा संख्या : ३ वटा भवन १२ कोठा
खानेपानी : छैज
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर १
शैक्षिक सामाग्रीहरु : ब्यवस्थित
कार्यालय कोठा : ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः३ पुरुष ः ६)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची ४ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : विश्वराज श्रेष्ठ
सहभागीतामुलक समावेशी संकटासन्नता क्षमता विश्लेषण (PVCA)
वार्षिक पात्रो