यो श्री शारदा आधारभूत विद्यालय गाडापानी, जुम्ला जिल्ला सिंजा गाउँपालिका वडानं. ४ मा पर्दछ।यस विद्यालयको स्थापना हुनु भन्दा पहिला यसक्षेत्रका वालवालिकाहरु १२ घण्टाको वाटो पार गरीश्री महादेब मा.वि. गोठी पिंगीर श्री भैरबमा.वि. नराकोटमा जानु पर्ने वाध्यता थियो।यसैको कारणले यस क्षेत्रका धेरै जसो वालवालिकाहरु शिक्षा कोशु-अवसरवाट बञ्चित हुनुपर्ने बाध्यतात्मक परिस्थिती थियो।यसै आवश्यकता र सम्यको माग लाई ध्यानमा राखी सक्रिय अभिभावकहरुले चन्दादाता श्री रातो बुढा रमोतिराम बुढाले ९३५वर्गमिटर क्षेत्रफलको जग्गा उपलब्ध गराई यस विद्यालयको सेवाक्षेत्र चारवटै गाउँको विचमा पायक पर्नेगरी २०३४ साल फागुन ४ गते १ जना शिक्षकको दरबन्दी सहितको विद्यालय स्थापना गरेको कुरा बुझिन्छ।शुरुमा ७ कोठे ढुङ्गा माटो र काठको अभिभावकहरुको सक्रियतामा एउटा भवन निर्माण गरी पठनपाठन शुरु गरेको र तत्कालै यस क्षेत्रका सक्रिय अभिभावक स्व. श्रीबिरबुढा, स्व. धनविरेबुढा, स्व. लालबुढा, स्व. बिरबलबुढा, स्व. लालचन्दाबुढा, स्व. कालो बुढा लगायतका अभिभावकहरुले जिल्ला शिक्षा कार्यालय, जुम्लामा थप शिक्षक दरवन्दि सहितको माग गरी यस विद्यालयको औपचारिक रुपमा स्थापना भएको देखिन्छ।
यस श्री शारदा आधारभूत विद्यालय गाडापानीको नाम यस भन्दापहिले श्रीकालीमाटी प्रा.वि. राखिएको थियो।यो ठाउँमा कालोमाटो पाइने भएकाले यसको नाम कालिमाटी राखिएको थियो।२०३८सालमावि.व्य.स. र अभिभावकहरुको निर्णयअनुसार विद्यालयको नाम बदलिएको थियो।२०६४ सालमा यसविद्यालयको स्तर वृद्धि गरिएको थियो।स्तर वृद्धि गर्नमा सक्रिय अभिभावकहरु श्रीजोखेबुढा, धनबहादुरबुढा, हरिमलबुढा, जयबहादुरबुढा, जोराबुढा, रत्नलाल बुढा र शिक्षकहरु तत्कालिन प्र.अ. श्री कालिबहादु रबुढा, जयकृष्ण चौलागाई, हरिबहादुर बुढा, ध्रुब बहादुर बुढा, मन बहादुर बुढाज्यू हरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ।यसै क्रममा २०६४ र २०६५ सालमा कक्षा ६र ७ को अस्थायी सम्बोधन प्राप्तगरेको र २०६७ सालमा कक्षा ८ को सञ्चालनको लागि सम्बोधन पाएको देखिन्छ।
हाल यस विद्यालयमा कार्यालय भवन समेत १२ वटा कक्षाकोठा रहेका छन्।जसमध्ये शैक्षिकसत्र २०६१ र ०६२ डिएफआइडि वाट ६ वटा कक्षाकोठाको निर्णय भएको, गाविसको सहयोगमा निर्माण भएको २ कोठार २ काठे भवन जि.शि.का.जुम्ला वाट प्राप्त भएको देखिन्छ।हाल यस विद्यालयमा सिंजागा.पा. बाटआ.व. २०७८।०७९माचार कोठे भवन निर्मण भएको छ।यसविद्यालयमा कार्यरत शिक्षक दरबन्दिहरुमा३ जनाप्रा.वि. स्थायी, १जनाप्रा.वि. निजिस्रोत, २जनानि.मा.वि. राहत, १जना शिक्षणसिकाई अनुदान शिक्षक, २ जनाई सिडि शिक्षिका र १ जना विद्यालय परिचरको दरबन्दी रहेको देखिन्छ।
हाल यस विद्यालयको सेवा क्षेत्रका करिव १४० घरधुरीका करिब २५० बालबालिकाहरुको पठपाठन हुदै आईरहेको र यसविद्यालयको अवस्थिती चारैतिरको आवादी जग्गाको विचमा भएकाले विद्यार्थीहरुलाई प्रशस्त खेलकुदमैदान, खानेपानीको टट्कारो समस्या देखिन्छ।त्यसैले यसविद्यालय लाई कुनै पनि संघसंस्था तथा को छ
सिंजा गा पा वडा ४ अवस्थित श्री शारदा आधारभुत विद्यालय जिल्लाको श्री सदरमुकाम वाट ५५ कि.मी., हिमा गापा देखि ५ किलो मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०३४ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउका समाजसेवी श्री रातो बुढा र मोती राम बुढाले ९३५ वर्ग मिटर जग्गा विद्यालयलाइ उपलब्ध गराउनु भएको थियो । विद्यालय कक्षा ८ सम्म संचालनमा छ । साविकक को नारेकोट गा.वि.स.को वडा नंं ४ मा रहेका यो विद्यालय हाल सिंजा गाँउपालिका ४मा रहेको छ । यस विद्यालयको नाम कालीमाटी प्रा.वि. रहेको मा २०३८ मा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको निर्णयबाट विद्यालयको नाम परिवर्तन गरि श्री शारदा आधारभुत विद्यालय रहेको पाइन्छ । यस विद्यालयको सेवा क्षेत्र सिंजा गापा ४ को १८० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी २०४ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ४ वटा भवनका २२ वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई कच्ची सडक र गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको ।
विद्यालयको नाम : श्री शारदा आधारभुत विध्यालय
स्थापना : २०३४ साल
स्थापना गर्ने ब्यक्ति : रातो बुढा,मोतीराम बुडा
ठेगाना : सिंजा गाँउपालीका ४ बाओ गाडापानी जुम्ला
विद्यालयको क्षेत्रफल : ५रोपनी
विद्यालयले समेटेका वडा समुदाय : सिंजा गा पा ४ बाओ गाडापानी
विद्यालयले समेटेका घरधुरी : 170
विद्यार्थी संख्या : जम्माः २०४(छात्रः१०४ छात्र ः१००)
शिक्षक संख्या : जम्माः ११जना – ः७ जना शिक्षक ः ४ जना शिक्षिका)
चर्पी संख्या : २ वटा १ प्रयोग नभएको
भवन संख्या कोठा संख्या : ३ वटा भवन १२ कोठा
खानेपानी : छैज
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर १
शैक्षिक सामाग्रीहरु : ब्यवस्थित
कार्यालय कोठा : ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः३ पुरुष ः ६)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची ४ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : विश्वराज श्रेष्ठ